Breaking News
Home > Blog > विमानस्थलको माग गर्दै आठराईवासी बालुवाटारमा

विमानस्थलको माग गर्दै आठराईवासी बालुवाटारमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिकाका प्रतिनिधिले गाउँपालिकास्थित चुहानडाँडामा विमानस्थल निर्माणको माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आठराईमा नै बसोबास गरिरहेका तथा झापा र काठमाडौँमा बस्ने आठराईवासीले विमानस्थल निर्माणको माग गरेका हुन । प्रदेशसभा सदस्य तेजमान कङ्दङ्वालगायतको टोलीले त्यहाँ रहेको खानेपानीको समस्यासमेत प्रधानमन्त्री ओलीलाई अवगत गरायो । आठराईकै एक विद्यालयमा पूर्वप्रधानाध्यापक आरसी थपलियाले जतासुकै मोटरबाटो खनेपछि पानीको अभाव रहेको बताए । उनले भने, “सडकले पानीको मूललाई धक्का दियो र मूलहरु अन्तै सरिरहेका छन् ।”

सो अवसरमा प्रधानमन्त्री ओलीले आठराईवासीलाई विमानस्थल निर्माणको योजना सरकारको नीति कार्यक्रममा आइसकेको बताउँदै सुकेपोखरी दोभान हुँदै तेल्लाबुङसम्मको सडकका लागि पनि रकमको व्यवस्था गरिएको जानकारी दिए । बाल्यकालमा आफूले देखेका बाटो, धारो, चौरलगायतको अवस्थाका बारेमा पनि उनले जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1