आरुबोटे हत्या काण्डमा थप प्रमाण फेला

पाँचथर । प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए ।

यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।

श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । मानबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेको मनकुमारीका माइती पक्षको भनाइ छ ।

यस्तै प्रहरीले हत्या गरिएकाको शवको अवस्था, धारिलो हतियार प्रहारको प्रकारलगायत सुक्ष्म विश्लेषण गरेको छ । “सबैलाई एकै प्रकारले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ”, प्रहरी निरीक्षक पौडेलले भने, “उनी एक्लैले सबैलाई धारिलो हतियार प्रहार गरेको देखिन्छ ।” हालसम्मको अनुसन्धानमा उक्त घटना गराउन माखिमबाहेक अन्यको संलग्नता देखिने कुनै पनि प्रमाण फेला नपरेको प्रहरी निरीक्षक पौडेलले वताए ।
“सबै अनुसन्धान सम्पन्न भएपछि कुनै प्रमाण फेलाप¥यो भने त्यो अलग कुरा हो तर हालसम्म उनी एक्लैले घटना गराएको देखिन्छ”, पौडेलले भने ।

प्रहरीले हत्याका मुख्य अभियुक्त ठानिएका माखिम तथा हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको परिवार, आफन्त, छरछिमेकीलगायतसँग सोधपुछ जारी राखेको छ । यस्तै यी सबैको फोनको विवरण सङ्कलन तथा विश्लेषणको कार्यसमेत जारी राखेको जनाएको छ । सामूहिक हत्याको घटनास्थल, माखिमले आत्महत्या गरेको स्थान, उनले केही सामग्री छोडेको स्थान, माखिमको घरलगायतका क्षेत्रमा केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्डमा अनुसन्धान जारी रहेको पौडेलले जानकारी दिए ।

सोमबार राति मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र उनका माइला ज्वाँइ धनराज शेर्माको परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । मङ्गलबार बिहान बमबहादुरका कान्छा ज्वाँइ मानबहादुर माखिम उनको घर नजिकै रुखमा झुण्डिएको अवस्थामाशव फेला परेको थिए ।

शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी

सामूहिक हत्यामा मारिएकाको दुई स्थानमा बिहीबार सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुरसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको पुख्र्यौली गाँउ सराङ डाँडामा अन्त्येष्टी गरिएको हो । सामूहिक चिता बनाई शव जलाइएको स्थानीय गणेशप्रसाद लुइँटेलले जानकारी दिए ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित