Breaking News
Home > Blog > क्षेत्री समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम जुन ८ तारिख फेल्थममा हुँदै

क्षेत्री समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम जुन ८ तारिख फेल्थममा हुँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, क्षेत्री समाज यूके बेलायतमा निकै व्यवस्थित र सक्रिय संगठनको रुपमा परिचित संस्था हो । यसले गर्ने विविध कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु मध्य हरेक वर्ष गरिने वार्षिक भेटघाट कार्यक्रम एक प्रमुख कार्यक्रम हो । उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ । गतबर्ष अल्डरसटमा वार्षिक भेटघाट कार्यक्रमसम्पन्न भएको थियो भने यसवर्षको कार्यक्रम लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा आउदो जुन ८ तारिखका दिन हुन गैरहेको कुरा कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष प्रतिमा केसीले बताएकी छन् ।
उक्त कार्यक्रममा यस वर्ष शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्ने समाजका सदस्यहरु तथा उनीहरुका छोराछोरीहरुलाई विशेष सम्मान गरिने छ भने सिन्धुपाल्चोकमा विद्युतीय पुस्तकालय निर्माणको लागी हालै सम्पन्न कविता कन्सर्ट तथा च्यारिटी कार्यक्रममा आफ्ना सृजना प्रस्तुत गर्ने सर्जकहरु रमेश कायस्थ, नृपेश उप्रेती, फडिन्द्र भट्टराई र रेखा खरेललाइ सम्मान गरिने कुरा च्यारिटी कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार राम शरण सिम्खडाले बताएका छन ।
समाजका तर्फबाट गरिएका विभिन्न कार्यहरुलाई निकट भविष्यमा पनि उत्तिकै महत्वका साथ् अगाडी बढाइने समाजका अध्यक्ष्य राजन कुमार क्षेत्रीले बताएका छन् । बिगतका वर्षहरुमा बाढी पीडितहरुलाई आर्थिक सहयोग, गुल्मीमा आगलागी पीडितहरुलाई राहत सहयोग, हृदयघात भै मृत्यु भएका परिवारहरुलाई सहयोग, अभिनेता दीपक क्षेत्री र गायक ओम बिक्रम बिष्टलाइ आर्थिक सहयोग र शान्ती अधिकारीलाई मृगौला प्रत्यारोपणको लागी आर्थिक सहयोग जस्ता यस समाजले गरेका केहि उलेख्य कामहरु हुन । समाजले गत वर्ष समाजको लागी आपतकालीन राहतकोष र यस वर्ष सिन्धुपाल्चोकमा पुस्तकालय निर्माणको लागी भब्य च्यारिटी डिनर समेत सम्पन्न गरिसकेको छ ।
१२० जना भन्दा बढी आजिबन सदस्य रहेका यस समाजमा यस वर्ष मात्र सदस्यता लिएका नयाँ सदस्यहरुलाई सम्मान सहित सदस्यता प्रदान गरिने कुरा कार्यबाहक कोषाध्यक्ष्य महेन्द्र केसीले बताए । त्यसै गरी युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले बाल तथा युवाहरुको छोटो मन्तब्य, सांस्कृतिक कार्यक्रम तथा कविता जस्ता कार्यक्रमहरु समाबेश गरिनेछ भने सहभागीहरुलाई पूर्ण मनोरंजन दिनको लागी समाजका तर्फबाट स्थानीय कलाकार र नेपालबाट बेलायत आएका चर्चित लोक तथा दोहोरी कलाकारहरुले समेत बिशेष प्रस्तुति दिने कुरा समाजका महासचिब कुमार केसीले बताए । कार्यक्रमका सहसयोजक तथा क्षेत्री समाज यूकेका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार कार्यक्रमको लागि हल बुकिंग, अथिति तथा कलाकार निमन्त्रणा जस्ता कार्यहरु पूरा भैसकेका छन् भने सौजन्य सहयोग र टिकट बिक्रि वितरण लगायतका कामहरु भैरहेका छन् । कार्यक्रमलाई सफल पार्नका लागि समाजका तर्फबाट समस्त बेलायतवासी क्षेत्री बन्धुहरुलाई निमन्त्रणा गरिएको छ ।

क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट २०१९ सम्बन्धि जरुरी सूचना !!

स्थान – Springwest Academy, Browells Lane, Feltham TW13 7EF ( Old feltham Community College ) 8th June 2019

Posted by Gurkha Online Radio on Thursday, May 9, 2019

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1