बेलायत काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भएका हुन् । काउन्सिरहरुमाझ गराइएको मतदानमा उनले दुई तिहाई मत प्राप्त गर्दै जित हासिल गरे । बेलायतमा कुनै पनि काउन्सिलमा मेयर निर्वाचित हुने शर्मा नेपाली समुदायबाट दोस्रो हुन् । यसअघि सन् २०१६ मा स्वान्ली टाउन काउन्सिलमा गुल्मीका शंकर गैरे पहिलोपटक नेपाली मूलका मेयर निर्वाचित भएका थिए । तर उनले काम गर्न आफुलाई असहयोग भएको गुनासो गर्दै बीचमै राजिनामा गरेका थिए । कोलबर्न टाउन काउन्सिलमा सन् २०१३ देखि नै शर्मा काउन्सिलर रहंदै आएका छन् । उनले १ वर्ष उपमेयरको रुपमा समेत काम गरेका थिए । त्यसअघि सन् २००७ मा नर्थ योर्कशायरकै स्कटनमा उनी स्वतन्त्र रुपमा काउन्सिलरमा निर्वाचित भएका थिए । सन् २००१ देखि बेलायत बस्दै आएका डा शमाको घर्र पर्वत बिहादी रानीपानी हो ।

स्पोर्टस् मेडिसिनमा विद्यावारिधी पूरा गरेका उनी बेलायती सेनाको मेडिकल सेन्टरमा कार्यरत छन् । कोलबर्न टाउन काउन्सिलमा कुनै पनि अल्पसंख्यक समुदायबाट मेयर निर्वाचित हुने शर्मा नै पहिलो बनेका छन् । १ वर्षे कार्यकालका क्रममा आफ्नो क्षेत्रका सबै समुदायहरुबीचको सद्भाव बढाउने, हाई स्किल्ड कामहरु सिर्जना गर्ने , जनताका विकाससम्बन्धी आवश्यकता सम्बोधन गर्ने, बेलायत र नेपालबीचमा जनस्तरको सम्बन्ध विस्तार गराउने लगायतका कार्य प्राथमिकताका साथ गर्ने उनको योजना छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित