काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन भरतपुर महानगरपालिका २२ घर भएका ३१ वर्षीय कुमार आले मगरलाई भन्सार छलि ल्याएको सुन जस्तो देखिने पहेलो धातुको बाला ३ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा आफूसँगै आएका यात्रुहरुसँग उक्त सुन जस्तो दखिने पहेलो धातु संकलन गरिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





