बागलुङ – कालिगण्डकी कोरीडोरको बागलुङ बलेवा खण्डमा काम गरीरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दै गर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–वलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पर्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्ग बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनि करिडोर बिस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा पहराबाट तीस मिटर तल सडकमा खसेका थिए । घटना लगत्तै नेपाली सेनाको टोलिले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो ।
अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक झवेन्द्र बहादुर भट्टराईले जानकारी दिए । मृतकको शव पोटमार्टम पछि धौलागिरी अञ्चल अस्पतालमा राखिएको छ । नेपाली सेनाको टोलिले आगामि असार मसान्त सम्ममा काम सक्नेगरी बागलुङ बलेवा खण्डको स्तरउन्नतीको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुरहरु परिचालन गरेको थियो । अफ्ठेरो पहरामा बम व्लास्ट गरेर सडक बिस्तारको काम भैरहेको छ ।
जनमञ्च





