काठमाडौं । उपत्यका ट्राफिक प्रहरीको दुई पाङ्ग्रे सवारी साधनमा अनिवार्य दुबैजनाले हेल्मेट लगाउनुपर्ने निर्णय एक दिनमै स्थगित भएको छ । आइतबार ट्राफिकले अनिवार्य दुबैजनाले हेल्मेट लगाउनुपर्ने निर्णय गरेको थियो ।
तर, सोमबार सो निर्णय तत्काल लागु नहुने मेट्रो ट्राफिकले जनाएको छ । ट्राफिको आइतबारको निर्णयको ब्यापाक विरोध भएको थियो । यसअघि पनि यस्तो निर्णय लागु भएर स्थगित गरिएको थियो । फेरि अनिवार्य हेल्मेटको प्रावधान ल्याइएपछि ट्राफिक प्रहरीको नियतमाथि नै प्रश्न उठाइएको थियो ।
सोमबार मेट्रो ट्राफिकले एक विज्ञप्ति जारी गरी यो निर्णय तत्काल लागु नहुने जनाएको छ ।





