काठमाडौं । आइतबार दिउँसो बैतडी र गुल्मीमा भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
बैतडीको दशरथ चन्द नगरपालिका ११ नानी गाडस्थित देहिमाण्डौमा ग १ ज ४९२१ नम्बरको जिप कच्ची सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार सोही नगरपालिका १० बाराकोट बस्ने ४५ वर्षीय हिरा बल्लभ भट्ट समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका चालक ३१ वर्षीय नबिन भट्ट समेत ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।
गुल्मी, मुसिकोट नगरपालिका ५ झक्कलेस्थित वामी रिडी भित्री सडकखण्डमा लु २ त ७६६५ नम्बरको ट्याक्टर आइतबार दिउँसो अन्यन्त्रित भई भित्तामा ठोकिन्न जाँदा ट्याक्टर चालक गुल्मीदरबार गाउँपालिका १ कुलिचौर बस्ने २५ वर्षीय मिन बहादुर कुमालको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका सहचालक सोही नगरपालिका ७ वामी बस्ने २२ वर्षीय नारायण रानाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटना स्थलमा तत्काल खटि गई स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ।
डिसी नेपाल





