काठमाडौं : त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको, त्रिवि सेवा आयोगमा अनियमितता भएको, परीक्षामा अनियमिता भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन्।
आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका विद्यार्थीले प्रदर्शन गरेका हुन्। त्रिविका विद्यार्थीले प्रदर्शनको तयारी गर्दे गर्दा प्रहरीले धडपकड गरेको थियो।
प्रहरीले त्रिविका विद्यार्थीलाई धरपकड गरे लगत्तै मंगल उच्च माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी आएर प्रदर्शन गरेका थिए। विद्यार्थीले प्रदर्शनका क्रममा ‘त्रिविसेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर।’ लगायत नारा लगाएका थिए।





