Breaking News
Home > Blog > महिलालाई रुखमा बाधेंर बलात्कार गर्न खज्ने पक्राउ

महिलालाई रुखमा बाधेंर बलात्कार गर्न खज्ने पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

धनगढी : कैलाली प्रहरीले महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महिलालाई जंगलमा लगेर रुखमा बाँधी बलात्कार गर्न खोज्ने कैलारी गाउँपालिका–८ का २४ वर्षे मनिश चौधरीलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो।

प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–६ को मसुरिया र कनरी बिचमा रहेको भारताल जंगलमा बलात्कार गर्न खोजेको सूचना आएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर बलात्कार गर्ने प्रयास गरिरहँदा पीडित महिना भाग्न सफल भएकी थिइन्।

बलात्कार गर्न खोज्ने पक्राउ

धनगढीमा पनि बलात्कार गर्न खोजेको आरोपमा अर्का एकजना पक्राउ परेका छन्। हसनपुरमा शुक्रबार राती युवतीको कोठामै प्रवेश गरी जबरजस्ती गर्न खोजेको आरोपमा डोटीका धनकुमार जोशीलाई वडा प्रहरी कार्यालयले धनगढी पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालयका प्रहरी नीरीक्षक वकिल बहादुर सिंहका अनुसार धनगढीस्थित हसनपुरका स्थानीय दिपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले राती साढे १ बजेको समयमा २० वर्षीया युवतीको कोठामै गएर बलात्कारको कोशिस गरेका थिए।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1