Home > Blog > प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

प्रधानमन्त्री कप क्रिकेट १० गतेबाट

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गते शुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जनाएको छ ।

टियु क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट शुरु हुने बताइएको थियो ।

प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ र मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच खेल हुनेछ ।

प्रतियोगितालाई एक्स्पर्ट भिसा एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रयोजन गरेको छ । प्रायोजन सम्झौतामा शनिबार नै हस्ताक्षर भएको छ । प्रायोजन रकमबारे खुलाइएको छैन ।

यस्तै पत्रकार सम्मेलनमा प्रतियोगिताको जर्सी समेत सार्वजनिक गरिएको छ । सहभागी टोलीका कप्तानहरुले जर्सी सार्वजनिक गरे ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1