Home > Blog > अभियुक्त २८ वर्षपछि पक्राउ

अभियुक्त २८ वर्षपछि पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

रुकुमपश्चिम (रासस) । जिल्लामा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो ।

सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

कामीलाई अहिले हिरासतमा राखिएको र सजाय कार्यान्वयनका लागि जिल्ला कारागार पठाइने बताइएको छ ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1