Home > Blog > हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

रुकुम पूर्व । पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो ।

चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए । सुत्केरी व्यथा लागेपछि उनलाई गत वैशाख ३० गते स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।

तीन दिनसम्म सुत्केरी हुन नसकेपछि मल्ललाई जिल्ला प्रशासन कार्यालयको रोहवरमा हेलिकप्टरबाट उद्धार गरिएको हो । सडक सुविधा नहुँदा दुर्गम गाउँका सुत्केरीको अस्पताल पुर्याउन नपाउँदै बाटोमै ज्यान जाने गरेको छ ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1