दुई हजार परिवार भेरी नदीको उच्च जोखिममा

रुकुम पश्चिम । ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन् । रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ ।

रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन् । आठबीसकोट नगरपालिकाका वडा नं ४, ५, ६, ११ र १३ तथा नलगाड नगरपालिकाका विभिन्न वडाका बासिन्दा उच्च जोखिममा छन् ।

आठबीसकोट–४ को छरिबगर, ५ को जलिगार, ६ को त्रिवेणी, मन्काबगर, दामाचौर, ज्यामिरे, ११ का चौर, गतसैना, १३ का भल्मा, रिठा र वडा नं १४ का छेपारे, पिपलचौरलगायत बढी जोखिममा रहेको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

यस्तै नलगाड नगरपालिकाका औलगुर्ता, खातीगुर्ता, मन्मैतरा, दल्ली, कालीमाटीलगायत ठाउँका बासिन्दा जोखिममा छन् । उनीहरु नदीको त्रासका बीच बस्दै आएका छन् । सडक निर्माणका क्रममा अत्यधिक मात्रामा ढुङ्गा, माटो र अन्य वस्तु नदीमा खसेपछि नदीले बहाव परिवर्तन गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक बनाउँदा नदी आसपासका अधिकांश बस्ती जोखिममा परेका हुन् । अघिल्लो वर्षको बाढीले रुकुम पश्चिम र जाजरकोटमा खेतीयोग्य जमीन तथा भौतिक संरचना बगाएको थियो ।

“यस वर्ष रोकथामको उपाय नअपनाए कुनै बस्ती जोगिँदैन”, स्थानीयवासी मोती बोहराले भने । आठबीसकोट–४ का वडाध्यक्ष डिलबहादुर सार्कीले नगरपालिकाले नदी कटानका लागि चालू आवमा रु ५० लाख विनियोजन गरे पनि कटान रोक्न सम्भव नभएको बताए ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित