Home > Blog > ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुन्छ’ : डा. रामशरण महत

‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुन्छ’ : डा. रामशरण महत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

धनकुटा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुने भएकोले त्यसतर्फ सबै चनाखो हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन धनकुटाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले पछिल्लो समय प्रेसलाई कमजोर बनाएर सरकार अघि बढन खोजेकोले त्यसतर्फ चनाखो हुनुपर्ने बताए ।

उनले देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न काङ्ग्रेसले सहयोग पु¥याउने नेता महतको भनाइ थियो । सरकार काममा भन्दा प्रचारमा बढी लागेको भन्दै त्यसले देशलाई समृद्ध बनाउन नसक्ने उनले आरोप लगाए ।

काङ्ग्रेसले मुलुकमा विकास र समृद्धिको जग लगाएको भए पनि वर्तमान सरकार काङ्ग्रेसले शुरु गरेका विकासका आयोजनामा आफनो नाम मात्र फेरेर प्रचारमा लागेको बताएका थिए।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1