Home > Blog > मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते

मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–६ ठूलावेसीमा बुधबार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन् ।मध्यपहाडी लोकमार्गमा गुडिरहेको लु ३१ प ३६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वडिगाड गाउँपालिका– ६ घ्वाँगका १३ वर्षिय अमृत थापा घाईते भएका हुन । घाइते थापाको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखराको मनिपाल शिक्षण अस्पतालमा लगिएको वडाअध्यक्ष मौसम क्षेत्रीले जानकारी दिए ।

घाइते बालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको क्षेत्रीले जानकारी दिए । मोटरसाइकल चालक बडिगाड गाउँपालिका–५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा बच्चालाई ठिक्कर दिएको प्रत्यक्षदर्शिले बताएका छन् ।
जनमञ्च

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1