काठमाडौ – बाग्लुङको ताराखोला घर भई राजधानी काठमाडौमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुद्वारा ‘ताराखोला काठमाडौ विद्यार्थी मञ्च’ को गठन गरिएको छ । गाउँ घर छोडेर अध्ययनको शिलाशिलामा काठमाडौ रहँदै आएका विद्यार्थीबीच निरन्तर भेटघाट तथा सहयोग आदानप्रदान गरिरहन मञ्च गठ्न गरिएको हो । विद्यार्थीहरुको हक हितमा समर्पित हुँदै विभिन्न शैक्षिक कार्यक्रमहरु , चेतनामुलक कार्यक्रमहरु गर्ने उदेश्य उल्लेख गरिएको छ । समितिले ताराखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरुको उजागर एवं प्रचार प्रसार गर्न, व्याप्त कुरिती कुसंस्कार विरुद्ध जनचेतना फैलाउन , स्थानीय उत्पादन,संस्कृति सम्पदाको विकासको लागि गाउँपालिकासँग हातेमालो गर्दै अगाडि बढ्न मञ्च गठन गरिएको जनाएको छ । ताराखोला गाउँपालिका सम्बन्धित लेख रचनाहरु , तस्बिरहरु संकलन गर्दै आउँदो दशै तिहारको अवसरमा पुस्तक प्रकाशन गर्ने पनि समितीले जनाएको छ ।
नवगठित उक्त समितिमा निम्न पदाधिकारीहरु रहेको समितिले जनाएको छ :
संयोजक : याम रोका मगर
सह – संयोजक : इन्द्रा रोका ‘अलिशन’
सदस्य सचिव : आरपि निउरे
आर्थिक संयोजक : नारायण रोका
सदस्य :
– एसिन रोका
– नारायण घिमिरे
– भिमसेन घर्ती
– बमन रोका
– बिमला घर्ती
– प्रविन कार्की
– ओम रोका
– सोवियत रोका
– लेनिशा घर्ती
– किरण रोका
– तारा बुढाथोकी
– हेम रोका
– निता घर्ती मगर
– किरण घर्ती









