बलात्कारको आरोपमा वडासदस्य पक्राउ

ओखलढुंगा : बलात्कारको आरोपमा फरार रहेका लिखु गाउँपालिका- ३ का वडा सदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन्। बलात्कार आरोपमा उनी विरुद्ध ०७५ चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको थियो।प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको जनाएको छ।

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखि आफूले प्रयोग गर्दै आएको मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए। उनीमाथि आफ्नै इँटाभट्टामा काम गर्ने कामदारलाई बलात्कार गरेको आरोप छ। कारखानामै आफूमाथि वडा सदस्यले चैत ७ गते बलात्कार गरेको भन्दै पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ८ गते उजुरी दिएकी थिइन्।

परिवारका सदस्यले भने उनलाई उजुरीबारे प्रहरी कार्यालयमा छलफल गराउन ओखलढुंगा लाँदै गर्दा बाटोबाटै प्रहरीले पक्राउ गरेको बताएका छन्। आरोपितका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्कबिहीन भएका बुबालाई भेटाएपछि मुद्दाका बारेमा छलफल गराउन जिल्ला लैजाँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएर पक्राउ गरेको हल्ला चलाएको दावी गरेका छन्।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित