संसद्मा विधेयक पेश भएको छैन : मन्त्री बाँस्कोटा

हेटौँडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको भनिएको प्रेससम्बन्धी विधेयक नभएको बताएका छन् । हेटौँडामा डिजास्टर रिकभरी केन्द्रको उद्घाटनमा उनले उक्त विधेयक छलफलका लागि मात्र तयार गरिएको स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले पत्रकारलाई कागले कान लग्यो भन्दैमा कागको पछाडि नदर्गुन आग्रह गरे । उनले भने, “भ्रमको खेती गर्नु राम्रो होइन र त्यो टिक्दैन, पत्रकारले जे सत्य हो त्यही लेख्नुपर्छ ।” उनले अन्य राष्ट्रका सञ्चारप्रणाली र नीति अध्ययन गरेर कानून बनाइने बताए ।

मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र नरहने भएकाले प्रजातान्त्रिक देश नेपालमा प्रेस स्वतन्त्रता हनन् भयो भन्न नमिल्ने बताए । उनले भने, “जहाँ प्रेस स्वतन्त्रता हुन्न, त्यहाँ लोकतन्त्र हुन्न, अनि लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन् भयो भनेर कराउन पर्ने अवस्था कहाँबाट आयो ?”

नेपालमा पूर्ण प्रेस स्वतन्त्रतता रहेको बताउँदै उनले अन्य मुलुकमा स्वतन्त्रता मात्र छ तर नेपालमा पूर्ण रुपमा स्वतन्त्रतता छ भने । मन्त्री बाँस्कोटाले पहिलाको भन्दा प्रेस स्वतन्तता सुरक्षित र गर्विलो रहेको बताए । उनले मिडिया हाउसको जग आर्थिक रुपले बलियो हुनुपर्ने र पत्रकारले काम गरेपछि ज्याला पाउनुपर्ने जिकिर गरे।

नेपालमा मिडियामा हुने विदेशी लगानी बन्द गरिने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले मिडियामा गरिने लगानी तरकारीको कारोवार जस्तो होइन भने । उनले सिंहदरबारमा मात्र रहेको डाटा सेन्टरलाई क्रमिक रुपमा अन्य प्रदेशमा पनि स्थापना गरिने बताए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित