प्रदेश नं ३ को राजधानी सम्बन्धि प्रस्ताव प्रदेशसभामा

हेटौँडा (रासस) । प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ ।

काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो लगाउने सम्बन्धमा सहमति भएपछि संसद्मा रहेको अवरोध हटाउँदै प्रदेश ३ को स्थायी राजधानीको प्रक्रिया शुरु गरिएको हो ।

सहमतिपछि मंगलबार नै स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गरिएको छ । प्रदेशको राजधानीको विषय मंगलबार प्रदेशसभामा पेश भएको छ । प्रदेशसभा बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएको प्रदेशसभाले जनाएको छ ।

नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानीसम्बन्धी प्रस्ताव पेश गरे । प्रस्तावलाई नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरिन् । प्रदेशसभाको बैठक बुधबारका लागि पुनःबोलाइएको प्रदशसभा सचिवालयले जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित