गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको लागि फडिन्द्र भट्टराईले आगामी निर्वाचनको लागि महासचिव पदको उमेद्वारी घोषणा गरेका छन् । नेप्लिज सेफ एसोसिएयन यूकेको आयोजनामा मिडल्याण्डमा गरिएको च्यारिटी कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । लामो समयदेखि एनआरएनसंग आबद्ध रहेका भट्टराई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को भाषा साहित्य र मिडिया विभागमा सदस्यको भूमिका निर्वाह गर्दै आएका छन् । सेतोपाटी अनलाइनका युरोप संयोजक भट्टराई पत्रकार महासंघ बेलायतमा आवद्ध रहनुका साथै कविता लेखन र वाचनमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।
भट्टराईद्वारा गरिएको घोषणा यसप्रकार रहेको छ ।
[embedyt] https://www.youtube.com/watch?v=BQ4YvD9uBZk[/embedyt]





