Home > Blog > नेपाली सेफ एसोसिएयन यूकेदेवारा आयोजित च्यारिटीमा १० लाख रुपैयाँ संकलन

नेपाली सेफ एसोसिएयन यूकेदेवारा आयोजित च्यारिटीमा १० लाख रुपैयाँ संकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपाली सेफ एसोसिएयन यूकेको आयोजनामा सोमबार साँझ मिडल्याण्डमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोग स्वरूप नेपाली सेफ एसोसिएयन यूकेद्वारा च्यारिटी कार्यक्रम गरिएको हो । भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको सहयोग स्वरूप सो कार्यक्रम गरिएको हो । कार्यक्रममा १० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको उपस्थितिमा संस्थाका नवनिर्वाचित अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयोजक कृष्ण ढकालले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको फोटो हेर्न यहाँ क्लिक गर्नुहोला ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षत्रय पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेमगाहामगर, सेफ एसोसिएसन यूके संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल लगायतले कार्यक्रमका सफलताका लागि शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा वेलायतका बिभिन्न शहरबाट आएका ४ सय भन्दा बढी नेपालीहरुले सहभागिता जनाएका थिए । मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा आयोजित कार्यक्रममा वेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुति थियो । गायक बिक को लोकप्रिय गीत सालको पातलाई दर्शकहरुको अनुरोधमा तीन पटकसम्म गाएर मनोरंजन गराएका थिए । प्रिती आलेको चर्चित गीत दोहोरी ब्याटल १ र २ मा दर्शकहरुले भरपूर मनोरंजन लिएका थिए । तेस्तैगरी नृत्यांगना दीपाशाको नृत्यले सबै दर्शकहरु मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु शिक्षा पौडेल, चञ्चल पन्थी लगायतको पनि प्रस्तुती रहेको थियो ।
कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष कृष्ण तिमल्सिनालाई उनले गरेको योदानको कदरस्वरूप दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै स‌स्थाको अधिवेशनमा नेतृत्व चयन गर्न गठित निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा, आयुक्तहरु फडिन्द्र भट्टराई, बिजन भट्टलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन संस्थाका महासचिव भुपेन्द्र पाठकले गरेका थिए । अन्तमा कलाकारहरुलाई पनि सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1