Home > Blog > भ्रष्टाचार समृद्धिको सत्रु हो : उपराष्ट्रपति पुन

भ्रष्टाचार समृद्धिको सत्रु हो : उपराष्ट्रपति पुन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गौर । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताएका छन् । उनले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताए ।

अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताए । रौतहटको कटहरिया नगरपालिकामा आज आयोजित जानकी महोत्सव कार्यक्रममा उनले स्थानीय तथा प्रदेश सरकारले सुशासनका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै अनियमितता र भ्रष्टाचार समृद्धिको साझा शत्रु भएको बताए । विकासको बाधक अनियमितता र भ्रष्टाचार भएकाले तल्लोस्तरबाट खबरदारी गर्नुपर्ने जरुरी रहेको उनको भनाइ थियो ।

प्रदेश नं २ ले विकास र समृद्धिको यात्रामा अब्बल साबित गर्ने विश्वास लिएको उपराष्ट्रपति पुनले बताउनुभयो । विकास र समृद्धिका लागि प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सक्षम बन्ने उनको बुझाइ छ । उपराष्ट्रपति पुनले देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको उल्लेख गरे ।

विकास र समृद्धि नै प्राथमिकतामा रहेको बताउँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन सबैको योगदान रहनुपर्ने बताए । हरेक जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माण आजको हाम्रो अभिभारा भएको उपराष्ट्रपति पुनले बताए ।

नेपाल विविधतायुक्त समुदाय, धर्म, भाषा संस्कृतिले धनी भएकाले कसैसँग तुलना गर्न नमिल्ने उनले बताए । त्रेतायुगमा जन्मेकी महान् नारी सीताको विचारलाई पुनः स्मरण र मनन गर्न जरुरी रहेको उपराष्ट्रपति पुनले बताए । सीताको विचारलाई जनमानससम्म पु¥याएर महिलामाथि हुने भेदभाव, हिंसा तथा उत्पीडनको अन्त्य वा न्यूनीकरणका लागि मद्दत पु¥याउने उनको धारणा थियो ।

सो अवसरमा पूर्वमन्त्री तथा सांसद प्रभु साहले सीता सहनशील नारी भएकाले उनबाट सिक्नुपर्ने धारणा राखे । उनले हरेक समस्या र चुनौतीको सामना गर्ने एक सहनशील नारीका रूपमा सीता माता परिचित रहेको उल्लेख गरे । कार्यक्रममा नेकपाका नेता युवराज भट्टराईले नेपाली समाजमा मात्र नभई अन्तर्राष्ट्रियजगत्मा समेत सीताको आदर्शको महत्व रहेको बताए ।

कार्यक्रममा सामाजिक योगदान पु¥याएका महिला तथा राष्ट्रिय खेलाडीलाई उपराष्ट्रपति पुनले सम्मान गरेका थिए ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1