बागलुङ – सडक खन्ने क्रममा जैमिनी–८ छिस्तीमा माटोको ढिस्को खस्दा एक जना व्यक्ति घाइते भएका छन् । छिस्ती देखि बरेङ जाने सडक खन्ने क्रममा बिहानको करीब सवा ९ बजेको समयमा छिस्ची स्थित तल्लारमा माटाको ढिस्को खस्दा मकवनपुर घर भई हाल बागलुङ बस्दै आउँदै गरेका ३८ वर्षीय डोजर चालक ज्ञानु चितुक लामा घाइते हुन पुगेको हुन् ।
घाइते उपचारको क्रममा अहिले पोखरा रहेको प्रहरी नायव उपरीक्षक भविन्द्र भट्राईले जानकारी गराए ।





