काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-२६ भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको बीनासहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले एउटा बीनासहित स्याङजा भिरकोट गाउँपालिका-३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका-३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका-३ का २८ वर्षीय सन्देश अछामेलाई पक्राउ गरेको हो।
उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको बीनाको अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो।
डिसी नेपाल





