गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, भोली मे १२ आइतबारका दिन लण्डनको केन्द्र ट्राफलगर स्क्वाएरमा मनाउन लागिएको २५६३औं बुद्ध जयन्तीको तयारी पूरा भैसकेको जानकारी बुद्ध फाउन्डेशन यूकेका अध्यक्ष्य दिपक श्रेष्ठले दिएका छन् । आफ्नै दायित्व सम्झेर नेपाली भेषभूषा र नेपाली झण्डाका साथमा उपस्थित हुन समेत श्रेष्ठले सम्पूर्ण बेलायातवासीलाई अनुरोध गरेका छन् । बुद्ध फाउन्डेसन यूके र कपिलबस्तु समाज यूकेको सयूक्त आयोजना तथा नेपाली राजदूताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा हुन लागिरहेको उक्त कार्यक्रम विगत ४ वर्षदेखि निरन्तर रुपमा मनाइदै आइएको छ ।
गौतम बुद्धको शान्ति उपदेश र बुद्धको जन्मस्थल नेपालमा नै हो भन्ने सन्देश विश्वमाझ फैल्याउने र नेपाली कला संस्कृति तथा परम्पराको समेत प्रबर्धन गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ । साथै नेपाल भ्रमण वर्ष २०२० अर्थात भिजिट नेपाल ट्वेन्टी ट्वेन्टी लाई समेत प्रबर्धन गरि यसलाई सफल पार्न उक्त दिन विशेष पहल गरिनेछ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा ह्दयरत्न बज्राचार्य छन् भने विशेष अतिथिहरुको रुपमा बेलायतस्थित विभिन्न मुलुकका राजदूत, बेलायती सांसद, बेलायतका विभिन्न क्षेत्रका स्थानीय मेयर, काउन्सिलर समेतको उपस्थिति रहनेछ । तेस्तैगारी दुराम विश्वविद्यालयका प्रोफेसरको समेत उपस्थिति रहनेछ । कार्यक्रममा लाखेनाच, सारंगी जस्ता विभिन्न मौलिक नेपाली संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । 
आयोजक – बुद्ध फाउन्डेशन यूके र कपिलबस्तु समाज यूके लगायत नेपाली राजदूताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा
कार्यक्रम हुने मिति – सन् २०१९ को मे १२ तारिख आइतबारका दिन
स्थान – ट्राफलगर स्क्वाएर, लन्डन
समय – दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म
सम्पर्क – 07943 866 690 , 07877 186 545





