सडक खन्ने क्रममा मूर्ति फेला परेपछि………………

भोजपुर । रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ । देवताको मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन् ।

स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो । देवस्थलमा अहिले भक्तजन आउने गरेका छन् । सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ । उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तीसमेत देख्न सकिन्छ । “स्थानीय स्तरमा संरक्षण समिति गठन गर्दैछौँ” निरौलाले भने ।

धार्मिक स्थलको संरक्षणसँगै प्रचारप्रसारको काम भइरहेको वडाध्यक्ष डिकमान राईले बताए । गत पुसमा वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो । “भुगर्भविद् ल्याएर यथार्थ पत्ता लगाउने तयारीमा जुटेका छौँ”, राईले भने । अहिले सो ठाउँमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष विजय राई योजनाबद्ध ढङ्गले यसको विकासका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताउँछन्।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित