बागलुङ – पिकअप भ्यानको पछाडि झुण्डींएका बागलुङका एक बालक सडकमा खसेर मृत्यु भएको छ । अर्का एक बालक गम्भिर घाईते छन् । निसीखोला ३ को बोहरागाउँमा लु १ च ६७५२ नम्बरको भ्यानबाट स्थानीय १२ बर्षिय लघु सुनारको मृत्यु भएको जिल्ला प्रहरी बागलुङले जानकारी गराएको छ । घटनामा १२ बर्षकै बिष्णु सुनार गम्भिर घाईते छन् ।
उनलाई उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल पठाइएको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए । तीब्र गतीको उक्त भ्यान स्पिड ब्रेकरमा उफ्रिंदा दुवै बालक खसेका थिए । गम्भिर घाईते भएका दुवैलाइ उपचारका लागि बुर्तिवाङ ल्याउने क्रममा एकको मृत्यु भएको हो । घटनापछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
जनमञ्च





