महरा इतिहासकै सबैभन्दा कमजोर र डरपोक सभामुख : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन् ।

काँग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको दावी पनि गरे । नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको सभापति देउवाको दावी छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि काँग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो । सभापति देउवाले आफ्नो पार्टीको सो माग अनुसार सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गरे। ‘धेरै सभामुख भए,’ बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराए। कम्युनिष्ट शासन आएकाले राष्ट्रपति बेलायती महारानीको शैलीमा प्रस्तुत भएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दावी पनि गरे ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित