ओखलढुंगा : प्रहरीले ओखलढुंगामा चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ। मोटरसाइकलसहित समातिएका तिनै जनालाई अनुसान्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरीले ३-०२-००१ प ७४७९ नम्बरको २२० सीसीको मोटरसाइकलसहित सुनकोसी गाउँपालिका ३ का २५ वर्षीय प्रेमबहादुर कट्वाललाई पक्राउ गरेको हो।
उनले भक्तपुरको जगातिबाट मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ। त्यस्तै सुनकोसी गाउँपालिका ३ का २३ वर्षीय एकराज थापा बा ९६ प २०९१ नम्बरको २२० सीसीको मोटरसाइकलसहित पक्राउ परेका छन्। उनले ल्याएको मोटरसाइकल काभ्रेको बनेपाबाट चोरिएको बताइएको छ।
त्यस्तै सोही गाउँपालिका १ का २१ वर्षीय भिजन कार्की बा ९५ प ८३८६ नम्बरको २२० सीसीको मोटरसाइकलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। उनीहरुमाथि अनुसन्धान भइरहेको श्रेष्ठले बताए।
अन्नपूर्ण पोष्ट





