दार्चुला । महाकाली नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन्। मालिकार्जुन गाउँपालिका–७ जौलजीविका १५ वर्षीय भूपेन्द्रबहादुर चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीसँगै पौडी खेल्न गएका दीपेशबहादुर चन्द भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। पौडी खेल्ने क्रममा बगेका दिपेशको जीवितै उद्धार गरिएको छ।
बेपत्ता चन्दको प्रहरी चौकी जौलजीविबाट खटिएको टोलीले खोजी कार्य भइरहेको जनाएको छ। गर्मी बढेसँगै यस क्षेत्रमा अधिकांश युवा पौडी खेल्न तथा नुहाउन महाकाली नदीमा जाने गर्छन्। जीवित भेट्टिएका दीपेशको अवस्था भने सामान्य छ।
डिसी नेपाल





