पोखरा । पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ ।
पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराएका छन्।
सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उनिहरु दुवैजना सकुशल छन् । कार्यालयका अनुसार सो विमानमा सामान्य क्षति भएको छ । विमानको पखेटा भाँच्चिएको र अगाडिको सिसा फुटेको छ ।
डिसी नेपाल





