बँदेलको आक्रमणबाट ७ घाइते

मलंगवा : भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार जङ्गली बँदेलको आक्रमणमा परी ७ जना घाइते भएका छन्। खेतमा काम गरिरहेका बेला बँदेलले आक्रमण गर्दा विष्णु गाउँपालिका ६ का ४० वर्षीय शङ्कर माझी, ५५ वर्षीय राम एकवाल राय, ६३ वर्षीय किसुन मण्डल, ३२ वर्षीय नवीन यादव, ३० वर्षीय दुलार राय यादव, ३५ वर्षीय रामदुलार राय र ५२ वर्षीय चुलाई राय घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतित राठौरले जानकारी दिए।

बँदेलको आक्रमणमा परी राम एकवाल गम्भीर भएका छन्। तिघ्रामा गहिरो घाउ लागेको राम एकवालको सर्लाही जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
अन्य ६ जनाको अवस्थामा सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही अगाडी सर्लाहीको चक्रघट्टा गाउँपालिकामा पनि बँदेलको आक्रमणबाट एक दर्जन मानिस घाइते भएका थिए।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित