बडिगाड गाउँपालिका–८ नेटाको जंगलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जंगल पुगेका स्थानियले घर्तीको कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
उनको शव पूरै सडेको अवस्थामा भएपनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्हरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्ष झविन्द्र भट्टराईले जानकारी दिए । घर्ती चार महिना अघिदेखी बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजीगरीरहेको भएपनि सोमबार मात्रै उनको शव जंगलमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि प्रहरीले धौलागिरी अञ्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।





