काठमाडौं । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ।
केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका सुवेदीलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको हो।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामा रहेका थिए।





