दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतन्त्र र स्वाधीनताको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।
तनहुँको भानु नगरपालिका–१२ आहालेस्थित चेतनशील आमा समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले काङ्ग्रेस कमजोर भए लोकतन्त्र खतरामा पर्ने भएकाले जनताले काङ्ग्रेसको आवश्यकता महसुस गरेको बताए।
सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारामै सीमित भएको उनले आरोप लगाए। ठोस योजनाबिना नै सरकारले नीति तथा कार्यक्रम ल्याएको उनको भनाइ थियो।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले देशमा काङ्ग्रेसको विकल्प नभएको बताए। मिर्लुङ घर भई वैदेशिक रोजगारमा रहेका स्थानीयवासीको १५ लाख सहयोगमा भवन निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर अधिकारीले बताए।
डिसी नेपाल





