रुखले किचेर एक किशोरीको मृत्यु

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ।

थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो।

दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भर्याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो १ः३० बजे रुख लडेर उनलाई किचेको थियो। हेलिकप्टर आउने ठाउँ भ¥याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

हवाई सेवा प्रभावित हुँदा यात्रु अलपत्र

मौसम प्रतिकुल हुँदा आज सोलुखुम्बुमा रहेको दुई वटै विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ।

शुक्रबारदेखि मौसममा आएको खराबीले हवाई सेवा प्रभावित भएको विमानस्थलले जनाएको छ। आज बिहानको समयमा केही उडान भएको भए पनि बिहान १० बजेपछि कुनै उडान तथा अवतरण हुन नसकेको तेन्जिङ हिलारी विमास्थल लुक्लाले जनाएको छ।

बिहान १० बजेसम्म २६ वटा उडान भएको लुक्ला विमानस्थलका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिए। यस्तै सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि आज तीन वटा हेलिकप्टरले बिहानको समयमा उडान भरेका छन्।

आज सात वटा उडान तालिका भए पनि मौसम खराबीका कारण उडान नभएको नागरिक उडड्यन तथा प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित