अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

वासिङ्टन। दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ।

जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९.३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो।

सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो। पूर्व प्रेमिकाको मृत्यु भएको उक्त गोलीकाण्डमा उनका पाँच वर्षीय छोरा बाँच्न सफल भएका थिए।

मोरोलाई सन् १९९९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो तर अदालती प्रक्रियाका कारण पुनः मुद्दा लम्बिएको थियो। जर्जिया सर्वोच्च अदालतले सन् १९९९ कै फैसलालाई सदर गरी मृत्युदण्डको सजाय सुनाएको थियो।
(रासस-एएफपी)

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित