गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतमा विहीवार सम्पन्न भएको स्थानिय निर्वाचनमा म्याग्दी घर भइ हाल बेलायतमा बसोवास गर्दै आएका प्रबेश केसी वेलिङटन वार्डबाट कन्जरभेटिभका तर्फबाट काउन्सिलरमा विजयी भएका छन् । युवा व्यवसायी तथा समाजसेवी केसीले उनका प्रतिष्पर्धी लेबर पार्टीको प्रतिनिधित्व गर्दै उठेका इभेट डिनलाई पराजित गर्दै निर्वाचनमा ३२८ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्वन्दीहरु लेवर पार्टीका उमेदवारले २८६ मत र लिबेरल डेमोक्र्याटका उमेदवारले ८५ मत ल्याएका थिए । आफू विजय भएपछी सबैलाई धन्यबाद दिदै यो जित सबैको जीत भएको र सम्पूर्ण नेपाली समुदायको आवाजलाई समेटेर बेलायति समुदायमाझ काम गर्ने बताएका छन् ।
रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवारहरुको बसोवास रहेकोले उनीहरुको हकहितको लागी आफू लागिपर्ने पनि बताएका छन् । घर जग्गा लगायत अन्य व्यबसयमा संलग्न केसीले दुई दशक भन्दा बढी समय बेलायतमा बिताइसकेका छन् ।
बेलायतको अल्डरसटबाट काउन्सिलरमा प्रबेश केसीको विजय
बेलायतको अल्डरसटबाट काउन्सिलरमा प्रबेश केसीको विजय
तपाईको प्रतिक्रिया





