Breaking News
Home > Blog > अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन

अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

पोखरा । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा बिहीबारदेखि पोखरामा विपद्मा स्वास्थ्य इञ्जिनीयरिङ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ।

सम्मेलनमा विपद् व्यवस्थापन, वातावरण, जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, सूचना प्रविधिको प्रयोग, स्वास्थ्य जोखिम र मनोविज्ञानजस्ता विभिन्न मुद्दामा केन्द्रित रहेर ४५ वटा कार्यपत्रमाथि छलफल गरिने बताइएको छ।

सम्मेलनका निष्कर्षले स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसका निर्देशक डाक्टर डमरुप्रसाद पनेरुले जानकारी दिए।

‘नेपालमा भर्खर शुरु भएको यो नयाँ विषयको संस्थागत विकासका लागि अन्तर्राष्ट्रियस्तरको सहकार्य, सहयोग तथा सञ्चारमा पनि यस्ता सम्मेलनको महत्वपूर्ण भूमिका रहने छ।’

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय ज्ञान र तथ्य उत्पादनको थलो भएको बताए।

विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ता लाग्नुपर्ने बताउँदै उनले पोखरा र आसपासका क्षेत्र पनि विपद्को उच्च जोखिममा पर्ने भएकाले निष्कर्षलाई कार्यान्वयन गर्नका लागि आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, इञ्जिनीयरिङ अध्ययन संस्थानका पूर्वडिन प्राध्यापक डाक्टर भरतराज पहारी, संयुक्त राष्ट्र सङ्घका लागि विपद् जोखिम न्यूनीकरण विज्ञ ग्यारे डे ला पोमेराइ र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणा राखेका थिए।

सम्मेलनमा नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्याण्ड, भारत लगायतका १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने सम्मेलनका संयोजक प्राध्यापक डाक्टर विनयकुमार मिश्रले जानकारी दिए।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1