‘बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ’

काठमाडौं। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन्। सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका छन्।

समितिका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले ती दुई घटनाका बारेमा सत्यतथ्य खोजी गरी जनताले देख्ने गरेर कारवाही गर्नुपर्ने बताए। विगत वा अहिलेको सरकारका जोसुकै संलग्न भए पनि सरकारले यथार्थ बाहिर ल्याउन ढिलाइ गर्न नहुनेमा उनको जोड थियो। उनले भने, “हामी समितिका सदस्यहरुले पनि कसैलाई जोगाउन भूमिका खेल्नुहुँदैन ।”

समितिका सदस्य सरिता प्रसाईँले ती दुई प्रकरणमा मुछिएका नेता र कर्मचारी कसैलाई पनि त्यसै छाड्न नहुने बताए। ललितपुर र काठमाडौँ जिल्लामा रहेका धेरै खाली जग्गा एकपछि अर्को गर्दै अतिक्रमण भइरहेको उनले जिकिर गरे। उनले भने, “हामीले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख उपप्रमुखलगायत सम्बन्धित सरकारका प्रतिनिधिसँग गहन ढङ्गबाट छलफल गर्नुपर्छ ।”

समितिका सदस्यले समितिले गरेको निर्णय कागजमा उसै थन्कन दिन नहुने समेत बताएका छन्। समितिका सदस्य विमला पौडेलले समितिको निर्णय कार्यान्वयन भए नभएको सचिवालयले हेर्नुपर्ने बताए। उनले भने, “हामीले गरेको निर्णय कागजमा मात्रै सीमित हुनुहुँदैन ।”
समितिका सभापति तारादेवी भट्टले हुरीले वा भूकम्पले लडाउने खालको विकास गर्न नहुने बताए। समितिले प्रधानमन्त्री कार्यालय, मन्त्रालय, प्रदेश र स्थानीय तहसम्मको सुशासनको अवस्था हेरेर छलफल र आवश्यक निर्देशन दिइरहेको उनको भनाइ थियो। उनले भने, “हामीले सम्बन्धित निकायका जिम्मेवार व्यक्तिलाई समेत बोलाएर समितिमा छलफल गरिरहेका छौँ ।”

समितिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको डिजाइनमा नेपालीपन झल्काउने गरी सुधार गर्नुपर्ने सुझाव दिएको छ। समितिले यही वैशाख ८ गते प्रदेश नं ५ को बुटवलमा प्रदशस्तरीय अन्तरक्रिया गर्दै विमानस्थलको समेत अनुगमन गरेको थियो। समितिले विभिन्न मन्त्रालयको सुशासनसम्बन्धमा सातै प्रदेशमा अन्तरक्रिया र राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्दै आएको छ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित