धनुषामा प्रहरीको हतियार खोसेर तस्कर फरार

जनकपुर : धनुषामा तस्करले प्रहरीको हतियार खोसेर भागेका छन् । घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल-भारत नाकामा मंगलबार राति नेपालबाट लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो।

नाकामा रहेको प्रहरी चौकीबाट खटिएको नेपाल प्रहरीसहयक निरीक्षक प्रमोदकुमार साहसहितको टोलीले उनीहरुलाई रोक्न खोजेको थियो । राति २ः४० बजे तस्करहरुले तस्करीको सामानकासाथै उल्टै प्रहरी सहायक निरीक्षक साहका रिभल्वर लिएर फरार भएको घनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन् ।

प्रजिअ कणेलकाअनुसार घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षको घटनास्थलमा गएको थियो। अहिले डीएसपी ज्ञानकुमार महतोको टोली गएर तस्करहरुको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । यो नाका धनुषाको सर्वाधिक तस्करी हुने नाका हो । केही महिना अगाडी तस्करी रोक्न खोज्दा तस्करहरुले प्रहरी चौकीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित