काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ शोभा भगवतीस्थित विमला शाहीको घरमा आज आगलागी हुँदा करीब रु सात लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको पूजा कोठाबाट आगो सल्किएको र आगलागीका कारण नखुलेकाले अनुसन्धान भइरहेको स्वयम्भू प्रहरीले जनाएको छ ।

आगलागीमा नगद रु तीन लाखसहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको थियो । दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो निभाएको जनाइएको छ ।

यस्तै काठमाडौँ, महानगरपालिका–४ विशालनगरमा खाद्यान्न सामग्रीको गोदाम सञ्चालन गर्ने भारतको पथरैया घर भएका धर्वेन्द्र जैसवालले खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा रु चार लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका २६ नर्सिङ चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चितवन भीमनगरका २५ वर्षीय सागर गुरुङलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गुरुङले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले आर्थिक प्रलोभनमा पार्न खोजेको जनाइएको छ ।
(रासस)

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित