‘निर्माण कार्यमा लापरवाही गर्नेलाई कारवाही’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार यहाँ आयोजना गरेको ‘सार्वजनिक खरीद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधन’ बारे आयोजित कार्यक्रममा उनले निर्माण व्यवसायमा विकृति बढ्दै गएकाले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने बताए । “गल्ती गर्ने कर्मचारीलाई अब कारवाही गरिन्छ”, उनले भने ।

मन्त्री महासेठले नेपाललाई समृद्ध बनाउने दायित्व निर्माण व्यवसायीकै भएको बताउँदै निर्माण क्षेत्रका लागि आवश्यक ऐन नियम संशोधन गरेर भए पनि व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद जीप छिरिङ लामाले व्यवसायी मैत्री ऐन कानून निर्माणमा सरकार लाग्नुपर्ने बताउँदै नल्याए चौतर्फी दबाब दिने बताए ।

महासङ्घका अध्यक्ष रवी सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई मूर्त रुप दिन निर्माण व्यवसायी तयार रहेपनि अहिले अवस्थामा सहज तरिकाले निर्माण कार्य अघि बढाउन नसकिएको बताए । भेलामा देशभरका ३०० भन्दा बढी निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित