धादिङ । पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा आज मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ।
चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौँबाट नवलपरासीतर्फ आउँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका–५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा नं १२ का ३० वर्षीय कविकुमार महर्जन सडकमा लडे।
सोही बेला ना ६ ख ५६१४ नम्बरको ट्रक ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।
घटनापछि माइक्रो बस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ भने राजमार्ग कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।
डिसी नेपाल





