पाँचथरमा दलित र माझी समुदायका ११५ विपन्न परिवारका घर बनाईने

काठमाडौँ । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय तहमा उक्त सङ्ख्यामा घर निर्माण गर्न लागिएको हो।

पाँचथरमा फिदिम नगरपालिका ४, ५, ७, ८ र ९ नं वडामा माझी समुदायका १० तथा दलित समुदायका १८ घर निर्माण हुनेछन्। यस्तै तुम्बेवा गाँउपालिका वडा नं १ र २ मा माझी र दलित समुदायका गरी ११ घर निर्माण हुनेछन्।

कुम्मायक गाउँपालिका वडा नं १, ३ र ५ मा माझी समुदायका १० तथा दलित समुदायका छ घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालय इलामका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए। यस्तै फाल्गुनन्द गाउँपालिका वडा नं ५ मा माझी र दलित समुदायका लागि २० घर, मिक्लाजुङ गाउँपालिका वडा नं ३ र ५ मा माझी र दलित समुदायका लागि ११ घर निर्माण हुने मिश्रले बताए।

फालेलुङ गाउँपालिकाका वडा नं १ र ५ मा दलित समुदायका १३ घर तथा याङवरक गाउँपालिकामा पाँच घर निर्माण हुनेछन् भने हिलिहाङ गाउँपालिका वडा नं २ र ७ मा दलित र माझी समुदायका लागि ११ घर निर्माण हुने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ।

पाँचथरमा गत वैशाख २ गतेदेखि ११ गतेसम्म लाभग्राही समुदायको विवरण सङ्कलनका लागि सर्भेक्षण फारम भर्न आह्वान गरिएको थियो।सर्भेक्षण फारम स्थानीय तहको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा वितरण गरिएको थियो।

सर्भेक्षण फारम इलामस्थित कार्यालयमा सङ्कलन भइरहेको मिश्रले जानकारी दिए। कार्यालयसँग पर्याप्त जनशक्ति नरहेकाले स्थानीय तहको सहयोगमा उक्त कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।

यसरी घर निर्माण

कार्यालयले लाभग्राहीले भरेको सर्भेक्षण फारमका आधारमा घर निर्माणको निक्र्यौल गर्नेछ । लाभग्राही परिवारको हालको घरको अवस्था, आर्थिक अवस्था तथा पेशा व्यवसायको अवस्थाका आधारमा अङ्क प्रदान गरी सबैभन्दा पीडित परिवारमध्येबाट घर निर्माण गरिने मिश्रले जानकारी दिए।

छनोट भएका कमजोर अवस्थाका परिवारको स्थलगत निरीक्षणपछि मात्रै घर निर्माण हुने सूची प्रकाशन गरिने उनले बताए। छनोट भएका प्रत्येक परिवारलाई एकै किसिमको घर निर्माणको डिजाइन प्रदान गरिनेछ । दुई कोठा, भान्छा तथा शौचालय भएको, इँटा वा ढुङ्गाको गारो भएको, जस्तापाताको छानो भएको घर निर्माणको डिजाइन कार्यालयले प्रदान गर्नेछ।

प्रत्येक परिवारलाई तीन लाख

प्रत्येक परिवारलाई रु तीन लाख ३२ हजार ५०० का दरले रकम प्रदान गरिने मिश्रले जानकारी दिए। तर, उक्त रकम एकमुष्ट प्रदान गरिँदैन । घरको जग निर्माण गरिसकेपछि लाभग्राहीले २५ प्रतिशत रकम पाउनेछन् । यस्तै विपीसी लेभल निर्माणपछि दोस्रो किस्तावापत ३० प्रतिशत रकम प्रदान गरिने मिश्रले जानकारी दिए।

घरको पर्खाल निर्माण गरिसकेपछि तेस्रो किस्तावापत ३५ प्रतिशत रकम प्रदान गरिनेछ भने घरको निर्माण पूरा गरी रङ्गरोगनसमेत सम्पन्न गरेपछि बाँकी १० प्रतिशत रकम प्रदान उनले बताए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित