‘बालुवाटारको जग्गा’ लाई कांग्रेसले मुद्दा बनाउने

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणलाई मद्दा बनाएर प्रचार गर्ने भएको छ। कांग्रेसले बुधबार प्रेस नोट जारी गर्दै बालुवाटारको जग्गा लगायतका विषयमा ‘आवाज घनीभूत बनाइने’ उल्लेख छ।

कांग्रेसले वैशाख २५ गतेदेखि ‘राष्ट्रिय जागरण अभियान’ गर्दै छ। ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति कांग्रेसले सार्वजनिक रुपमा आपत्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अभियानमा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइँदैछ।’

गत वैशाख १६ गते प्रतिनिधिसभा बैठकमा सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे बोलेको स्मरण गराउँदै प्रेस नोटमा भनिएको छ- ‘उहाँले पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ। कांग्रेस सो प्रकरणमा गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्नेमा एकमत र प्रष्ट छ ।’

प्रवक्ता विश्वप्रकाश शर्माको प्रेस नोटमा ‘बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, को संलग्न थिए र छन् भन्ने विवरण तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको’ दाबी गरेका छन्।

उनले ‘दोषीलाई जोगाउने, ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारप्रति सजग हुन’ भनेका छन्। बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानवीन गरी दोषीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ।

बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत मुछिएको सार्वजनिक भएपछि यसा छानबिनको माग उठेको छ।

२०२१ सालमै सरकारले अधिग्रहण गरेको ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाम फिर्ता भएको छ।
अन्नपूूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित