शेयर बजार: दोहोरो अङ्कले घट्यो

काठमाडौं। एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्जनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८।६० बिन्दुमा पुगेको छ। लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ बिन्दुले घटेर २७९.१० मा पुगेको छ। कारोवार रकम पनि आइतबार, सोमबारको तुलनामा घटेको छ। अर्ब माथिको कारोवार घटेर ९५ करोडमा झरेको छ। कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए।

स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ। जलविद्युत् ४५.४९ र वित्त १.०३ बिन्दुले बढेको छ। बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा २०१.८२ बिन्दुले घटेको छ।

स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता एक हजार २७१ मूल्यमा १६ करोड सात हजार २५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ।

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता नौ करोड ३१ लाख सात हजार १९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो। माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक तीन करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर तीन करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था दुई करोड ९५ लाख सात हजार १४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले कमाए। यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७१, यूनाइटेड मोदी ८.१८, रैराङ हाइड्रोपावर ६.५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५.८० प्रतिशतले कमाए तर रैराङ र नेशनल हाइड्रोपावरको शेयर भने १०० भन्दा तल रहेको छ।

यसैगरी राष्ट्रिय बीमा कम्पनी ५.८९, एशियन लाइफ इन्स्योरेन्स ४.९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.५०, नेपाल इन्स्योरेन्स कम्पनी ३.८१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित