शताब्दी पुरुषको सम्झनामा बिदा घोषणा

ललितपुर : ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक बिदा दिने जानकारी सोमबार दिए।

जोशी ३० गते ९९ वर्ष पूरा गरी सय वर्ष लाग्दै छन्। राष्ट्रको कला, संस्कृति र साहित्य विकासमा महत्वपूर्ण योगदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै सय वर्ष पुगेकै दिन महानगरपालिकाअन्तर्गतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

महानगरपालिकाले पाठयपुस्तकमा उनको जीवनी समावेश गर्ने, तस्बिरअंकीत चाँदीका मुद्रा निष्काशन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्ने र उपयुक्त सडकको नामकरण उनको नाममा गरिनेलगायत २२ कार्यक्रम सार्वजनिक गरेको छ।

वैशाख ३० सम्ममा सय वर्ष पुग्न लागेका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने महानगरको योजना छ। तर आफ्ना नगरमा केकति ज्येष्ठ नागरिक सय वर्ष पुग्न लागेका छन् जानकार िनभएको बताए। उनले भने, ‘नगरभित्रका २९ वटै वडामा ह्विप जारी गर्दै यथाशीघ्र तथ्यांक बुझाउन भनिसकेको छु।’
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित