विराटनगर । प्रहरीको एक टोलीले एम १६ राइफल मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राह नुनसरी खोला किनारमा फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार एम १६ राइफल खिया लागेको म्यागजिन र ६ राउण्ड गोली खोलाको किनारमा गाडिएको अवस्थामा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीको टोलीले आइतबार फेला पारेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
डिसी नेपाल





